सार्वजनिक बिदा कटौती गर्न कार्यदल बनाउने सहित सचिव वैठकका यी हुन् २२ निर्णय
शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णयसँगै सार्वजनिक विदाहरु धेरै भएको भन्दै निरन्तर आलोचना भएसँगै सरकार अन्य विदा कसरी कटौति गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागेको हो ।
काठमाडौं । सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्ने भएको छ । सोमबार बसेको सचिवहरुको वैठकले सार्वजनिक विदाका सम्वन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णयसँगै सार्वजनिक विदाहरु धेरै भएको भन्दै निरन्तर आलोचना भएसँगै सरकार अन्य विदा कसरी कटौति गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागेको हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेश गरिएको छ । कार्यदलले १५ दिनभित्र सार्वजनिक बिदाहरूको पुनरवलोकन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।
सचिव वैठकका यी हुन् २२ निर्णय
