बढाएको पुँजीगत लाभकरलाई लगानिकर्ताले गरे स्वागत १ घण्टामै ५० अंकले बढ्यो नेप्से

विज्ञापन
ncell

काठमाडौं । लगानिकर्ताले सरकारले लगाएको पुँजीगत लाभकरको स्वागत गरेको छन् । सरकारले बजेटमार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अल्पकालीन (एक वर्षभन्दा कम अवधि) १० प्रतिशत र दीर्घकालीन ७.५ प्रतिशत (एक वर्षभन्दा बढी अवधि) बनाइएको छ । उक्त व्यवस्था लागु भएसँगै सेयर बजारमा उत्साह देखिएको हो । 

आर्थिक वर्षको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टामा नै ५२ अंकले बढेर २६४८.८५ विन्दुमा पुगेको छ । १२ बजेसम्ममा १ अर्ब ३७ करोड ७५ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ । 

बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत धितोपत्र बिक्रीबाट उठाइने पूँजीगत लाभकरलाई अन्तिम कर बनाइने घोषणा गरेका थिए । तर आर्थिक ऐनमा त्यसबारे स्पष्ट व्यवस्था नभएकाले कानुनी व्याख्याको विषय बनेको छ।