सुन तोलामा ३ हजार १ सयले घट्यो, चाँदी पनि १२५ रुपैयाँले सस्तो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ३ हजार १ सयले घटेर २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ३ हजार १ सयले घटेर २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर ४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४ हजार ३२५ मा कारोबार भएको थियो ।