दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।
काठमाडौं । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ । धितोपत्र सम्बन्धित अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ । जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।
उनीहरु दुवैजनालाई सम्पत्ति शुद्धिकरणको आरोपमा विशेष अदालतले थुनामा पठाएको छ । अर्को मुद्दामा थुनामा पठाएकाले बीमा र धितोपत्र सम्बन्धी मुद्दामा धरौटी बुझाएपनि उनीहरु थुनामुक्त हुन पाउँदैनन् ।