सुन तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदी ९० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ४ सयले बढेर २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ४ सयले बढेर २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ४ हजार ३२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ४१५ मा कारोबार भएको थियो ।