नेप्से परिसूचक १४ अंक बढेर २५९०.२९ विन्दुमा, ४ अर्ब १७ करोडको कारोबार

विज्ञापन
ncell

आज नेप्से परिसूचक १४.०० अंक बढेर २५९०.२९ विन्दुमा पुगेको छ । आज बुधबार ४ अर्ब १७ करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं ।  बुधबार सेयर बजार दोहोरो अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १४.०० अंक बढेर २५९०.२९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक बढेको छ। 

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ । 

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज बुधबार ४ अर्ब १७ करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।  पछिल्ला दिनहरुको तुलनामा आज ऋणपत्रको कारोबार घटेसँगै कारोबार रकम घट्न पुगेको हो । एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य आज सर्वाधिक ९.२० प्रतिशत बढेको छ । त्यस्तै, नारायणी डेभलपमन्ट बैंकको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ७.३२ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ । त्यस्तै,आरबिबिएल डिबेञ्चर २०८८ ७ प्रतिशत को ३३ अर्ब रुपैयाँभन्दा बढीको ्किनबेच भएको छ । 

बुधबार कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ । यस्तै, १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।