सुन तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले महँगियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४ हजार ४१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३६० मा कारोबार भएको थियो ।