लगातार दोस्रो दिन पनि सस्तियो सुनचाँदी मुल्य
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ हजार २ सयले घटेर तोलाको २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ३७५ मा कारोबार भएको थियो ।