वर्षा र पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध, उपत्यकाका अधिकांस नाकामा समस्या
वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएकोमा आज बिहान कतिपय क्षेत्रमा गाडीहरु सञ्चालन भएपनि धेरै क्षेत्रमा बाटो अवरुद्ध भएको बताइएको छ ।
काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने लगभग सबै नाकाहरु बन्द गरिएको छ ।
नागढुंगा, साँगा, फर्पिङ हुँदै चल्ने लामो दुरीका सवारी साधन सकेसम्म नचलाउन भनिएको छ । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएकोमा आज बिहान कतिपय क्षेत्रमा गाडीहरु सञ्चालन भएपनि धेरै क्षेत्रमा बाटो अवरुद्ध भएको बताइएको छ ।
नेपाल प्रहरीले मुलुकभर विभिन्न १५ स्थानमा बाटो अवरुद्ध भएको सम्बन्धी सूचना ससार्वजनिक गरेको छ । आज विहान ७ः४५ बजेस अद्यावधिक विवरणमा भने सडक अवरुद्ध भएका कतिपय क्षेत्र समावेश गरिएको छैन । चितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले नागढुंगा-मुग्लिन-नारायणगढ सवारी आवतजावत अवरुद्ध छ । नागढुंगा–पिपलामोड जोड्ने सडक भासिएका कारण हाल उक्त सडकखण्डमा पूर्ण रूपमा सवारी साधन आवतजावत रोकिएको छ । त्यस्तै, बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै जाने सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।
यस्तो छ नेपाल प्रहरीले जारी गरेको बाटो अवरुद्ध भएको सम्बन्धी जानकारी
१. जि. काभ्रेपलाञ्चोक / सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (वि.पि. राजमार्ग) सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको ।
जि. काभ्रे / खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै मिति २०८२।०२।२२ गते बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको
२.मिति २०८३।०३।२९ गते १७:०० बजे देखी अर्को आदेश नभएसम्मको लागि जि मकवानपुर हेटौंडा-ठिंगन-बागमती-ललितपुर कान्तिलोकपथ सडक खण्ड सवारी साधन सन्चालनमा रोक लगाइएको ।
४.जि. इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ।
मिति २०८३।०३।२३ गते १०:०० बजेको समयमा इलाम न.पा. ९ राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको ।
५. जि. मकवानपुर कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध ।
मिति २०८३।०३।२७ गते १४:०० बजेको समयमा जि. मकवानपुर भिमफेदी गा.पा. ८ भर्याङडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रूपमा अवरुद्ध भएको ।
६. जिल्ला कास्की मादी गाउँपालिका २ ज्याम्दो स्थित पोखरा ताङतिङ सडक खण्ड बाटो पूर्ण रूपमा अवरुद्ध ।
मिति २०८३।०३।२७ गते अ. १७:३० बजेको समयमा जिल्ला कास्की मादी गाउँपालिका २ ज्याम्दो स्थित पोखरा ताङतिङ सडक खण्डमा बाटो मुनि लगाइएको तार जालिको ग्याबिन वाल भत्किएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।
७. जि. अर्घाखाँची सालझन्डि ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध ।
मिति २०८३।०३।२८ गते अं. १९:०० बजे जि. अर्घाखाँची पाणिनी गा.पा. २ ढुङ्ग्रेखोला स्थित सालझन्डि ढोरपाटन सडक खण्डमा बाटोको माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।
८. जि. कालिकोट कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।
मिति २०८३।०३।२९ गते बिहान अं.०६:५० बजेको समयमा जिल्ला कालिकोट शुभकालिका गा.पा.वडा नं.१ स्थित कर्णाली राजमार्ग सडक खण्डको गगने खोलामा ढुङ्गा माटो लेदो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्द भएको ।
९. जि. ललितपुर कान्तिलोकपथ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध ।
बाग्मती गा.पा. ०३ भट्टेडाँडा स्थित पाङदुर र टाकुर्चे दुई ठाउँमा अविरल वर्षातको कारणले कान्तिलोकपथ सडक खण्डमा पहिरो गई बाटो पुर्ण रुपमा अवरुद्ध भएको ।
१०. जि. ललितपुर कान्तिलोकपथ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको ।
बागमती गा.पा. ०३ भालु खोला स्थित अविरल वर्षातको कारण पहिरो गई कान्तिलोकपथ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको ।
११. जि. पाँचथर मधपहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध ।
मिति २०८३।०३।२८ गते रातिबाट परेको अबिरल वर्षाका कारण जिल्ला पाँचथर याङवरक गा.पा-१,२ र ३ मा पर्ने मधपहाडी लोकमार्गमा ओयाम,फलामे,दोभाने खोलामा माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको ।
१२. जिल्ला गुल्मी कालीगण्डकी गा.पा. ४ पुर्तिघाट स्थित कालीगण्डकी करिडोर अबरोध भएको ।
जिल्ला गुल्मी कालीगण्डकी गा.पा. ४ पुर्तिघाट स्थित कालीगण्डकी करिडोर सडक खण्डमा पातुखोलाको वहाफ बढी बाटो अबरोध भएको ।
१३. जिल्ला खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ३ जोर सिम्मल स्थित मध्य पहाडी लोक मार्ग सडक अबरोध भएको ।
मिति २०८३।०३।२९ गते अं ०८:४५ वजेको समयमा जिल्ला खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ३ जोर सिम्मल स्थित मध्य पहाडी लोक मार्ग सडकमा बयत्त खहरेले माटो थुपारेकोमा ११:४५ बजे सडकको माटो जेसिविले सफा गरी सहज रुपमा सवारी साधन आवत जावत गरेकोमा अविरल बर्षाको कारण पुन माटो ढुंगा सडकमा आइ ऐ.ऐ. २१:१५ वजेबाट सडक अवरुद्ध भएको ।
१४.जिल्ला कास्की मादी गा.पा. ४ भैसे स्थित मध्यपहाडी लोकमार्ग बाटो पूर्ण रुपमा अबरोध भएको।
जिल्ला कास्की मादी गा.पा. ४ भैसे स्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत भैसे बाट इदि जाने(भित्री सडक)मा ओख्रेभिरबाट झरेको लेदो सहिदको पहिरो र मादी खोलाको पानी समेत सडकमा आइ बाटो पूर्ण रुपमा अबरोध भएको ।
१५.जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा २ नैनिवगर स्थित सडक अवरोध भएको ।
मिति २०८३।०३।३० गते अ.०६:४० बजेको समयमा जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा २ नैनिवगर स्थित सडक माथि बाट ढुङगा माटो सहितको लेदो पहिरो खसी बेनी जोमसोम सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
