सुन तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीमा १ सयको गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको २ हजार ८ सयले घटेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको २ हजार ८ सयले घटेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ३७५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ४७५ मा कारोबार भएको थियो ।