सुन तोलामा ६ सयले बढ्दा, चाँदी ३५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार सुनको मूल्य तोलाको ६ सयले बढेर २ लाख ८८ हजारमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदी मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार सुनको मूल्य तोलाको ६ सयले बढेर २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार सुन तोलाको २ लाख ८७ हजार ४ सय रूपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी तोलाको ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।