सातामा प्रतितोला ३३०० ले घट्यो सुनको मूल्य, चाँदी पनि १०५ रूपैयाँ सस्तियो

असार १९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ रहेकोमा असार २६ गते शुक्रबार आइपुग्दा सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ४०० रूपैयाँ कायम भएको छ ।

काठमाडौं । यो साता सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार साताभर सुन प्रतितोला ३ हजार ३०० रूपैयाँले घटेको छ ।

असार १९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ रहेकोमा असार २६ गते शुक्रबार आइपुग्दा सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ४०० रूपैयाँ कायम भएको छ । साताभर पाँच दिन घटेको सुनको मूल्य शुक्रबार भने बढेको थियो । 

महासंघकाअनुसार असार २१ गते आइतबार सुन प्रतितोला ४०० रुपैयाँ, असार २२ गते सोमबार प्रतितोला ९०० रुपैयाँ, असार २३ गते मंगलबार प्रतितोला एक हजार ४०० रूपैयाँ, असार २४ गते बुधबार प्रतितोला ९०० रूपैयाँ, असार २५ गते बिहीबार प्रतितोला दुई हजार ४०० रूपैयाँले घटेर दुई लाख ८४ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो । तर, असार २६ गते शुक्रबार सुनको मूल्य दुई हजार ७०० रूपैयाँले बढेर कारोबार भएका कारण घट्ने क्रममा ब्रेक लागेको हो । गत साता भने सुनको मूल्य प्रतितोला ११ हजार ६०० रूपैयाँले बढेको थियो ।

यसैगरि चाँदीको मूल्य पनि एक सातामा १०५ रूपैयाँ प्रतितोला घटेको छ । असार १९ गते शुक्रबार प्रतितोला ४ हजार ६१५ रूपैयाँ रहेको चाँदी साताभार मूल्य उतारचढाव हुँदै असार १९ गते शुक्रबार भने ४ हजार ५१० रूपैयाँ कायम भएको छ ।