जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन

विज्ञापन
ncell

उनले जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ५५ हजार ९ सय ७० आवास स्वीकृत भएको समेत बताइन् ।

काठमाडौं । विपन्न समुदायलाई लक्षित गरी लागु भएको जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण भएको गरिसकेको जनाएको छ । 

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले यस्तो जानकारी गराएकी हुन् । उनकाअनुसार हाल ८ हजार ३ सय ५९ आवासहरु निर्माणाधीन अवस्थामा रहेको छ । उनले जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ५५ हजार ९ सय ७० आवास स्वीकृत भएको समेत बताइन् । मन्त्री वादीकाअनुसार प्रदेशगत रूपमा कोशीमा ५ हजार ४ सय १६ आवास हस्तान्तरण भई ६ सय ५७ निर्माणाधीन रहेका छन् । उनले मधेशमा १५ हजार ५सय ३४ आवास हस्तान्तरण हुँदा ५ हजार २४८ निर्माणाधीन रहेको बताइन् । उनकाअनुसार बागमतीमा २ हजार ७६ आवास हस्तान्तरण र १ सय ४७ निर्माणाधीन, गण्डकीमा २ हजार २१ आवास हस्तान्तरण भई १ सय ५९ निर्माणाधीन, लुम्बिनीमा ६ हजार ५ सय २२ आवास हस्तान्तरण हुँदा ५ हजार ३७ आवास निर्माणाधीन रहेको जानकारी दिइन् । उनले कर्णाली प्रदेशमा ४ हजार ३ सय ४४ आवास हस्तान्तरण भई १ हजार १ सय ३४ आवास निर्माणाधीन अजस्थामा रहेको जानकारी दिइन् । मन्त्री वादीले सुदूरपश्चिममा ३ हजार १८ आवास हस्तान्तरण हुँदा ४ सय ६८ निर्माणाधीन रहेको जानकारी गराएकी हुन् ।

उनले भनिन, ‘जनता आवास कार्यक्रममार्फत हालसम्म स्वीकृत आवास संख्या ५५ हजार ९ सय ७०, संघ सरकारबाट आवास निर्माण संख्या १७ हजार ३९ र प्रदेशहरुमा आर्थिक वर्ष २०७५/७६ मा हस्तान्तरण भएको आवास संख्या ३८ हजार ९ सय ३१ रहेको छ । कोशी प्रदेशमा हस्तान्त्ररण भएको आवास संख्या ५ हजार ४ सय १६ रहेको छ भने निर्माणाधीन अवस्थामा रहेको आवास संख्याा ६ सय ५७ रहेको छ । मधेस प्रदेशमा हस्तान्तरण भएको आवास संख्या १५ हजार ५ सय ३४ र ५ हजार २ ४८ आवासहरु निर्माणाधिन अवस्थामा रहेका छन् । बागमती प्रदेशमा हस्तान्तरण भएको आवास संख्या २ हजार ७६ रहेको छ भने १ सय ४७ वटा आवासहरु निर्माणाधीन अवस्थामा रहेका छन् । गण्डकी प्रदेशमा हस्तान्तरण भएको आवास संख्या २ हजार २१ रहेको छ । र १ सय ५९ आवासहर निर्माणाधीन अवस्थामा रहेका छन् । लुम्बिनी प्रदेशमा ६ हजार ५ सय २२ वटा आवासहरु हस्तान्तरण गरिएका छन् भने ५ हजार ३७ आवास निर्माणाधीन अवस्थामा रहेका छन् । कर्णाली प्रदेशममा हस्तान्तरण भएका आवास संख्या ४ हजार ३ सय ४४ रहेको छ भने १ हजार १ सय ३४ आवास निर्माणाधीन अवस्थामा रहेका छन् । र सुदूरपश्चिम प्रदेशमा ३ हजार १८ आवास हस्तान्तरण गरिएका छन् भने ४ सय ६८ वटा आवासहरु निर्माणाधीन अवस्थामा रहेको छ । जम्मा हस्तान्तरण गरिएका आवास संख्या ३८ हजार ९ सय ३८ रहेको छ भने निर्माणाधीन अवस्थामा ८ हजार ३ सय ५० हरेको छ ।’

उनले देशभर कुल ३८ हजार ९ सय ३८ आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको तथा ८ हजार ३ सय ५९ आवास निर्माणको चरणमा रहेको जानकारी गराइन् ।