पाँच दिन घटेपछि बल्ल तोलामा २७०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । पाँच दिन लगातार घटेपछि सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ ।
सुनको भाउ असार १९ गते प्रति तोला २ लाख ९० हजार ७०० रुपैयाँ रहेकामा लगातार पाँच दिन घटेर बिहीबार तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँ बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रति तोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ ।