सुनको मूल्य तोलामा २ हजार ४ सय घट्यो, चाँदी पनि सस्तियो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार सुनको मूल्य तोलाको २ हजार ४ सयले घटेर २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदी मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार सुनको मूल्य तोलाको २ हजार ४ सयले घटेर २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको २ लाख ८७ हजार १ सय रूपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर ४ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।