नवीकरण नभएका ‘क’ वर्गका ७ सहित ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
तोकिएको समयमा लाइसेन्स नबिकरण नगरेमा स्वतः खारेजीमा जाने प्रावधान ऐनमा छ । खारेजीमा पर्नेमा ‘क’ वर्गका ७, ‘ख’ वर्गका ५ र ‘ग’ वर्गका ३२ निर्माण कम्पनी तथा फर्महरु छन् ।
काठमाडौं। सरकारले ४४ वटा निर्माण कम्पनी तथा फर्महरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ बमोजिम तोकिएको समयमा इजावतपत्र नबिकरण नगरेका कारण लाईसेन्स स्वतः खारेजीमा परेको जनाएको छ । यी निर्माण कम्पनीहरुले २०८२ चैतभित्र इजाजतपत्र नवीकरण गरिसक्नुपर्ने थियो । तोकिएको समयमा लाइसेन्स नबिकरण नगरेमा स्वतः खारेजीमा जाने प्रावधान ऐनमा छ ।
खारेजीमा पर्नेमा ‘क’ वर्गका ७, ‘ख’ वर्गका ५ र ‘ग’ वर्गका ३२ निर्माण कम्पनी तथा फर्महरु छन् । सञ्चालनको अनुमतिपत्र खारेजीमा परेका ‘क’ वर्गका कम्पनीमा काठमाडौंका जेयी कन्स्ट्रक्सन, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, सप्तकोसी जलाधार निर्माण कम्पनी, ललितपुरको चेतना कन्स्ट्रक्सन, हेटौंडाको जनमुखी कन्स्ट्रक्सन, चितवनको नेपाल बिल्डर्स र जनकपुरको इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स छन् ।
‘ख’ वर्गका कम्पनीमा हेटौंडाको स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन, धरानको पूर्णदीप निर्माण सेवा, पोखराको आहा कन्स्ट्रक्सन, झापाको क्याल्मिन कन्स्ट्रक्सन र रोल्पाको नेपाल मदर कन्स्ट्रक्सन छन्। बिवरणअनुसार ‘ग’ वर्गका कम्पनीमा काठमाडौं, ललितपुर, मोरङ, सुर्खेत, नुवाकोटका धेरै छन् ।
यस्तो छ खारेजीमा पर्ने निर्माण कम्पनीहरुको सूची
