मौद्रिक नीति २०८३/८४: ऋण बिस्तार ११ प्रतिशत र मुद्रा प्रदाय १४ प्रतिशत, अरु नीतिगत दरहरु यथावत्

आगामी वर्ष सरकारले ६ प्रतिशत मूल्य बृद्धि नियन्त्रणमा राखी ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यलाई सहयोग गर्न मौद्रिक नीतिले अधिकांस नीतिगत दरहरुलाई यथावत राखेको गभर्नर डाृ विश्वनाथ पौडेलले जानकारी दिएका छन् ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा विस्तारलाई ११ प्रतिशतमा सीमित राखेका छन् । आगामी वर्ष सरकारले ६ प्रतिशत मूल्य बृद्धि नियन्त्रणमा राखी ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यलाई सहयोग गर्न मौद्रिक नीतिले अधिकांस नीतिगत दरहरुलाई यथावत राखेको गभर्नर डा. विश्वनाथ पौडेलले जानकारी दिएका छन् । उनले मूल्य बृद्धी सरकारी लक्ष्यलाई घटाएर ५.५ प्रतिशत कायम राख्ने बताए ।

कर्जा विस्तारलाई ११ प्रतिशत राखेको राष्ट्र बैंकले विस्तृत मुद्रा प्रदाय १४ प्रतिशत राख्ने घोषणा गरिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले अहिले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदर ६ प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दर २.७५ प्रतिशतले निरन्तरता पाउने बताए । त्यस्तै, नीतिगत दरका रुपमा रहेको बैंक दर ४.५ प्रतिशत नै कायम गरेका गभर्नरले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात ४ प्रतिशत नै कायम गरेका छन् ।