सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पायो, मंगलबार कतिमा भईरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ तय भएको छ । सोमबार सुन तोलामा दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं । मंगलबार (आज) नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ तय भएको छ । सोमबार सुन तोलामा दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला तीन दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ ।
त्यस्तै, मंगलबार चाँदी तोलाको चार हजार ५५५ रुपैयाँ तय भएको छ । सोमबारको बजारमा चाँदी तोलामा चार हजार ५८५ रुपैयाँ थियो ।