पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीर पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिए, ७ दिनभित्र उपस्थित हुन विभागको पत्र
नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अनुसन्धान
विभागले यसअघि नै पूर्वप्रधानमन्त्री देउवा र पूर्वमन्त्री तथा देउवापत्नी आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको छ ।
काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि पत्र काटेको छ ।
विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि ७ दिनभित्र आउनू भनी सूचना टाँसेको हो । पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको उल्लेख छ ।
विभागले यसअघि नै पूर्वप्रधानमन्त्री देउवा र पूर्वमन्त्री तथा देउवापत्नी आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको छ । जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागलगायतका निकायमा उजुरी छ । त्यसकै अनुसन्धानका लागि बयानमा उपस्थित हुन पुर्जी काटिएको हो ।