नेप्सेमा लगातार गिरावट : २६ अंकले घटेर २६२७ विन्दुमा बन्द, कारोबार रकम घट्यो
सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंक घटेर २६२७.११ विन्दुमा झरेको छ । आज नेप्सेमा कुल ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंक घटेर २६२७.११ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंक घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । गत शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज पनि स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ११ प्रतिशत बढेको छ । कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक १३.७९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ । त्यस्तै,सेन्ट्रल फाइनान्सको साढे १५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटे ।
सोमबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।