नेप्सेका सीईओ चुडामणि चापागाईंले दिए राजीनामा
चापागाईंले आज अर्थ मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । चापागाईंले आज अर्थ मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् । आफ्नो कार्यकाल बाँकी छँदै उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको जनाइएको छ । यद्यपि, राजीनामाको विस्तृत कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । उनलाई २०८१ साल चैत ११ गते मन्त्रिपरिषदले सीईओमा नियुक्त गरेको थियो । उनी १५ महिनामै नेप्सेबाट बाहिरिएका हुन् । सरकारले गत वैशाख तेस्रो साता अध्यादेश ल्याएर सार्वजनिक निकायका १५०० भन्दा बढीलाई पदमुक्त गर्दा चापागाइँ जोगिएका थिए ।
