सोमबार पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार सुन तोलामा दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। सोमबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । सुनचाँदीको मूल्य आईतबार पनि घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार सुन तोलामा दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै, सोमबारको बजारमा चाँदी तोलाको चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी तोलामा चार हजार ६०५ रुपैयाँ थियो ।