नेपाल एसबीआई बैंक चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

विगत ३२ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंकले हाल १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ्ग सेवा र १२७ एटीएम मार्फत ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।

काठमाडौं । नेपाल एसबीआई बैंक सिंगापुरस्थित प्रतिष्ठित संस्था ‘एशियन बैंकिङ्ग एण्ड फाइनान्स’ द्वारा चारवटा विधामा सम्मानित भएको छ । बैंकले होलसेल र रिटेल बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत यी अवार्डहरू हात पारेको हो ।

बैंकले होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ दि इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । त्यसैगरी, रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ दि इयर- नेपाल’ र ‘एसएमई बैंक अफ दि इयर- नेपाल’ बाट बैंक सम्मानित भएको छ ।

यो अन्तर्राष्ट्रिय सम्मानले बैंकको तरलता व्यवस्थापन, व्यापार वित्त, र उत्कृष्ट बैंकिङ्ग अभ्यासप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको बैंकले जनाएको छ । यस अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी र नियामक निकायहरू प्रति आभार प्रकट गर्दै आगामी दिनमा सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विगत ३२ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंकले हाल १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ्ग सेवा र १२७ एटीएम मार्फत ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।