घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ४ सयले घटेर २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ४ सयले घटेर २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर ४ हजार ६०५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ६१५ मा कारोबार भएको थियो ।