सुन तोलाको ७ हजार २ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ७ हजार २ सयले बढेर तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

काठमाडौँ । नेपाली बजारमा आजपनि सुनचाँदी मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ७ हजार २ सयले बढेर तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४ हजार ६१५ मा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ४५० मा कारोबार भएको थियो ।