माउण्ट एभरेष्ट पावरको आइपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?
गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ आज बिहान बिक्री प्रबन्ध एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो निष्काशनमा २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन् । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
