विष्णु पौडेललाई फेरि म्याद थप, ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

थप ६ दिन हिरासतमा राख्न अनुमति

आज विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरिएको हो ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो । पौडेल हाल न्यायिक हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो ।

पौडेल पत्नीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट पनि विचाराधीन अवस्थामा छ ।