इन्धनको मूल्य घटेसँगै हवाई भाडा सस्तियो, कहाँको भाडा कति ?
बुधबार १२ः०१ मिनेटबाट लागू हुनेगरि मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । निगमले मूल्य कटौति गरेसँगै प्राधिकरणले बुधबारबाटै लागु हुनेगरि नयाँ भाडादर तोकेको हो ।
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि सस्तिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेसँगै हवाई यात्रा थप सस्तो भएको हो ।
बुधबार १२ः०१ मिनेटबाट लागू हुनेगरि मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । निगमले मूल्य कटौति गरेसँगै प्राधिकरणले बुधबारबाटै लागु हुनेगरि नयाँ भाडादर तोकेको हो । प्राधिकरणले फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरेको जनाएको छ ।
नयाँ कायम गरिएको फ्यूल सरचार्ज अनुसार काठमाडौं-माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ । काठमाडौं-भरतपुर ६ हजार ८७५ मा झरेको छ भने काठमाडौं-विराटनगर ५ हजार ५ सय कायम भएको छ ।
त्यस्तै, नेपालगन्ज-भद्रपुर रुटमा फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । यसअघि १५ हजार ७२५ रहेको थियो । साथै काठमाडौं-धनगढी रुटमा १० हजार १२० रुपैयाँ, काठमाडौं-सुर्खेत रुटमा ७ हजार ९१५ रुपैयाँ र काठमाडौं पोखरामा ३ हजार ६३५ रुपैयाँमा झरेको छ ।
यस्तो छ नयाँ भाडादर
