६ महिने न्यून बिन्दुबाट माथि लागेको हो सेयर बजार ? नेप्से ४४.५९ अंकले बढ्दा ३ अर्ब ८६ करोडको कारोबार
लगातार ७ दिन ९३.७४ अंकको गिरावटपछि उकालो लाग्यो नेप्से
साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेमा कुल ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा उक्लिएको हो ।
बुधबार भने नेप्से ६ महिनाकै तल्लो बिन्दुमा झरेको थियो । पुस ९ गते नेप्से २५८५ .८७ अंकमा थियो । लगातार ७ दिनको गिरावटपछि सेयर बजार सूचक दोहोरो अंकले बढेकोहो । पछिल्लो ७ दिनमा ९३.७४ अंकले नेप्से घटेको थियो । तर, बुधबार एक दिन बढेको नेप्से ७ दिनको घटेको मूल्यमा आधा हिस्सा ‘कभर’ गर्ने अवस्था बनेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा कुल ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
बुधबार कारोबारमा आएकामध्ये २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
