फेरि ४ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार ४०० सय रुपैयाँ कारोबार भएको थियो ।
काठमाडौ । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला चार हजार ५०० रुपैयाँ र चाँदी प्रतीतोला २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार ४०० सय रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्यमा गिरावट आएको छ ।
त्यस्तै मंगलबार चाँदी प्रतितोला चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको चार हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।