न्यून पुँजीकोष र सञ्चालकको मनोमानीविरुद्ध राष्ट्र बैंक, ५ लघुवित्तलाई शिघ्र सुधारात्मक कारवाही र ३ संस्थाका सीइओ र सञ्चालकलाई सचेत

विवरणअनुसार २०८२ असारमा आरम्भ चौतारीको न्यूनतम पुँजीकोष अनुपात ७.७ प्रतिशत, गणपति लघुवित्तको ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.०१ प्रतिश र सिवाईसी लघुवित्तको ६.२० प्रतिशत पुँजीकोष कायम भन्दै विभिन्न मितिमा राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गरेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न लघुवित्त वित्तीय संस्था र तीनका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई कारबाही गरेको छ । नियामक निकायले तोकेको निर्देशन विपरीत कार्य गरेको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै राष्ट्र बैंकले ५ लघुवित्त संस्थालाई शीघ्र सुधारात्मक कारवाही गरेको छ भने अन्य तीन संस्थाका सीइओ र सञ्चालकहरुलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने संस्थाहरू बनेपाको आरम्भ चौतारी लघुवित्त, तनहुँको गणपति लघुवित्त, बनेपाकै सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्तका र पोखराको सिवाईसी लघुवित्तलाई शिघ्र सुधारात्मक कारबाही गरेको छ ।

विवरणअनुसार २०८२ असारमा आरम्भ चौतारीको न्यूनतम पुँजीकोष अनुपात ७.७ प्रतिशत, गणपति लघुवित्तको ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.०१ प्रतिश र सिवाईसी लघुवित्तको ६.२० प्रतिशत पुँजीकोष कायम भन्दै विभिन्न मितिमा राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गरेको हो ।

यी संस्थाहरूले २०८२ असार र असोजको तथ्यांक अनुसार नियामकले तोकेको न्यूनतम सीमाभन्दा कम पुँजीकोष कायम गरेको पाइएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४ को प्रावधान बमोजिम शिघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पुँजीकोषको समस्या बाहेक कतिपय संस्थामा सञ्चालक समिति र व्यवस्थापनको मनोमानी देखिएको भन्दै राष्ट्र बैंकले कारवाही गरेको छ । पोखरास्थित सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिले संस्थाको आर्थिक प्रशासन विनियमावलीमा उल्लेखित खर्च सीमा र अख्तियारी पालना नगरिएको भन्दै सचेत गराइएको छ ।

बागलुङको धौलागिरी लघुवित्तले कर्मचारी सेवा विनियमावलीको सेवामा पुनः कायम गर्न सक्ने सम्बन्धी व्यवस्थाको मर्म विपरित हुनेगरी नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको तथा स्पष्ट आधार र कारण विना निज संस्थामा बहाल नरहेको अवधिको रकम समेत नियम विपरित प्रदान गरेको पाइएको छ । त्यस्तै, वित्तीय अनुशासन उल्लंघन गर्ने क्रममा नेरुडे मिर्मिरे लघुवित्तका सीइओ भोजराज बस्याललाई सचेत गराएको छ ।

यस्तो छ कारवाहीको विवरण

प्रकाशन भएका दस्तावेजहरू

6a42322e9cbe1_1782723118.pdf