धितोपत्र बोर्ड अध्यक्ष भट्टले यस्तो गरे पहिलो निर्णय

भट्टले पदबहालीका क्रममा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्वन्धि निर्णयमा हस्ताक्षर गरेका छन् ।


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले जिम्मेवारी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । धितोपत्र बोर्डको अध्यक्ष खाली भएको अढाई महिनापछि भट्टले सोमबार जिम्मेवारी लिएका हुन् ।

भट्टले पदबहालीका क्रममा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्वन्धि निर्णयमा हस्ताक्षर गरेका छन् ।

भट्ट सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पद तथा गोपनीयताको शपथ लिएर अध्यक्षको जिम्मेवारी सम्हाल्न बोर्डको कार्यालय पुगेका थिए । असार ५ गतेको मन्त्रिपरिषद्‍को बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

बोर्डका निर्वतमान अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएका थिए । भट्टले साढे २ वर्ष बोर्डको अध्यक्ष भएर काम गर्नेछन् ।