पुजाअर्चनासहित बोर्ड अध्यक्ष भट्टले गरे पदबहाली, पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता
आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन प्रयोग गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष भट्टले पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उद्घोष गरे ।
काठमाडौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् । असार ५ गते सरकारले बोर्डको अध्यक्षमा झट्टलाई नियुक्त गर्ने निर्णय गरेको थियो । नियुत्ति भएको १० दिनपछि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पद तथा गोपनीयताको शपथ लिएसँगै बोर्डको कार्यालयमा पुगेर भट्टले पद बहालि गरेका हुन् । भट्टले बोपद बहाली गर्नुअघि बोर्डमा पुगेर पण्डित मार्फत धुप, दीप, नैवेद्यसहित पुजाअर्चना गरेका थिए ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनालाई पछि पर्दै भट्ट नेतृत्वमा पुगेका हुन् । पदवहालीपछि भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।