सुन तोलामा १ हजार ४ सयले घट्यो, चाँदी पनि सस्तियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १४ सयले घटेर २ लाख ८२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १ हजार ४ सयले घटेर २ लाख ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ४ हजार ३१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ३२५ मा कारोबार भएको थियो ।