सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ४ सयले बढेर २ लाख ८८ हजार ७०० सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ४ सयले बढेर २ लाख ८८ हजार ७०० सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४ हजार ७३० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ६९० मा कारोबार भएको थियो ।