आगामी वर्षको बजेट प्रतिनिधिसभाबाट पारित, खर्च कटौतीका २० प्रस्ताव अस्वीकृत

विनियोजित विधेयक पारित गनर्सुअघि सभामुख अर्यालले विपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीका विभिन्न २० वटा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । सभाले विपक्षीले राखेका सबै प्रस्तुत अस्वीकृत गरेको छ ।

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ पारित गरियोस भनि राखेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित भएसँगै सरकालाई खर्च गर्न बाटो पनि खुलेको छ । यसअघि बुधबार र बिहीबार विभिन्न मन्त्रालयमाथीको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको सम्वन्धित मन्त्रीहरुले जवाफ दिएका थिए ।

मन्त्रीहरुको जवाफ सकिएसँगै अर्थमन्त्री वाग्लेले राखेको प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए र सभाबाट बहुमतले विधेयक पारित भएको घोषणा गरे । विनियोजित विधेयक पारित गनर्सुअघि सभामुख अर्यालले विपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीका विभिन्न २० वटा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । सभाले विपक्षीले राखेका सबै प्रस्तुत अस्वीकृत गरेको छ ।

गत जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री वाग्लेले आगामी वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँबराबरको बजेटे ल्याएका थिए ।