कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए सेयर
जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।