राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २३ दिनका लागि ६० अर्ब रुपैयाँ उठाउँदै

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरका आधारमा प्रतिस्पर्धात्मक रूपमा निक्षेप संकलन गरिने व्यवस्था गरिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बराबरको अल्पकालीन निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागमार्फत बोलकबोल प्रक्रियाबाट २३ दिनका लागि निक्षेप संकलन गरिनेछ । निक्षेप संकलन बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मागभन्दा बढी आवेदन परेमा प्रस्तावित रकमका आधारमा प्रो-राटा (अनुपातिक) ढंगले बाँडफाँट गरिनेछ ।

निक्षेप संकलनबाट प्राप्त रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने भए पनि अनिवार्य नगद अनुपात मा गणना गर्न नपाइने व्यवस्था छ । तर नियामकीय तरलता अनुपातका लागि भने मान्यता दिइनेछ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरका आधारमा प्रतिस्पर्धात्मक रूपमा निक्षेप संकलन गरिने व्यवस्था गरिएको छ । यो २३ दिने निक्षेप संकलन उपकरणको आउँदो असार १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।