वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ, लिखत सम्बन्धी कसुर
जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरीमा जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौँ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएका सिंह पर्साको ठोरीबाट आज बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरीमा जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालउ पर्साले जनाएको छ ।