ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ, भिसा उद्देश्य विपरीत गतिविधि गरेको आरोप
पक्राउ परेकाहरुले बंगलादेशी नागरिकहरुले होटलका विभिन्न कोठाहरु भाडामा लिएर विदेशी मोडल तथा युवतीहरुको फेक फेसबुक अकाउन्ट बनाइ कुराकानी गर्दै अवैध गतिविधि गरेको पाइएको छ ।
काठमाडौं । ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिजिट भिसामा नेपाल आई भिसा उद्देश्य विपरीतका गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई ठमेलको होटल एसीईको चौथो, पाँचौं र छैटौ तलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बंगलादेशी नागरिकहरुले होटलका विभिन्न कोठाहरु भाडामा लिएर विदेशी मोडल तथा युवतीहरुको फेक फेसबुक अकाउन्ट बनाइ कुराकानी गर्दै अवैध गतिविधि गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेकाहरुलाई अध्यागमन विभाग कालिकास्थानमा बुझाइएको छ ।