चीनमा भएको खानी विस्फोटको घटनाप्रति नेपाल सरकारद्धारा दुख व्यक्त

विज्ञापन
ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको बताएको हो ।

काठमाडौँ । नेपाल सरकारले चीनमा खानी विस्फोटमा ८२ जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको बताएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ- 'चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार होस् भन्ने प्रार्थना गर्दछौं र यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध रहेको छ ।'

उत्तरी चीनको शान्सी क्षेत्रको खानीमा विस्फोट हुदा यसअघि ९० भन्दा बढीको मृत्यु भएको बताइए पनि चिनियाँ मिडियाले ८२ जनाको मृत्यु भएको बताएका छन् । सो खानीमा करिब २५० कामदारले काम गरिरहेको समयमा विस्फोट भएको बताइएको छ ।