जीओ अटोमोबाइल्सले सार्वजनिक गर्यो एमजी हेक्टर, मूल्य ६६ लाख ९९ हजार
कम्पनीले हेक्टरको चार भेरियन्ट उपलब्ध गराएको छ । जसमा सुरूआती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
काठमाडौं । जीओ अटोमोबाइलले नेपालमा एमजी हेक्टर बिक्री सुरू गरेको छ । कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो । केही समयअघि मात्रै एमजी विन्डसर तथा एमजी कोमेट नेपालमा सार्वजनिक गरिएकोमा अहिले नयाँ एमजी हेक्टर सार्वजनिक भएको हो । यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ ।
कम्पनीले हेक्टरको चार भेरियन्ट उपलब्ध गराएको छ । जसमा सुरूआती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता र अझ आकर्षक एक्स्टेरियर छ । समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ हेक्टरमा प्रिमियम इन्टेरियर सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो क्याबिन र प्रयोगकर्तामैत्री फिचर छन् । पुरानोको तुलनामा नयाँ हेक्टर डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ ।
नयाँ एमजी हेक्टर १.५ लिटरको दर्बोचार्ज्ड इन्टरकुलेड पेट्रोल इन्जिन छ । जसले १४३ पीएस तथा २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र सीभीट गियर अप्सन उपलब्ध छ ।