प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा खुल्यो विज्ञापन

विज्ञापन
ncell

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

काठमाडौं । प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि बनेको सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो ।

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।