‘तिमीहरुले मलाई मारेका छौ’ भनेर सिनियर अफिसरको तस्बिर फेसबुकमा राखेका ग्लोबल आईएमईका कर्मचारी मृत भेटिए
खड्काले मृत्यु हुनुअघि ग्लोबल आईएमईका सिनियर बैंकरहरुको तस्बिर राखेर ‘तिमीहरुले मलाई मारेका छौ’ लेखेका छन् । उनले लेखेका छन्, ‘यु बास्टर्ड किल मी ।’
काठमाडौं । ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत पिताम्बर खड्का मृत भेटिएका छन् । बैंकका उच्च अधिकृतहरुको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको केही समयपछि मृत फेला परेको बताईएको छ । झापाको दमक नगरपालिका वडा नं ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय खड्का घरमै मृत भेटिएका हुन् ।
खड्काले मृत्यु हुनुअघि ग्लोबल आईएमईका सिनियर बैंकरहरुको तस्बिर राखेर ‘तिमीहरुले मलाई मारेका छौ’ लेखेका छन् । उनले लेखेका छन्, ‘यु बास्टर्ड किल मी ।’
पिताम्बरले केही सिनियर कर्मचारीहरुको नामै उल्लेख गरेका छन् । खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनी त्यसपछि विराटनगर शाखा आएका थिए ।
खड्का हिजो साँझ ५ बजेतिर मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ भने प्रहरीले घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।