रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी र सचेतकमा परियार चयन
विहिबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको जिम्मेवारी महामन्त्री बुर्लाकोटीलाई दिएको हो । त्यस्तै सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ ।
विहिबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको जिम्मेवारी महामन्त्री बुर्लाकोटीलाई दिएको हो । त्यस्तै सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएको छ । बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।
त्यस्तै रास्वपा संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरू पनि टुंगो लगाउँदैछ । बैठकमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा मनिष झाको नाम प्रस्ताव गरिए पनि उनले अस्वीकार गरेपछि उद्योग समितिको सभापतिमा रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक सांसदले जानकारी दिएका छन् ।