हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो, डिजेल र पेट्रोलको मूल्य यथावत्
मंगलबार निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको इन्धनको मूल्यमा भारी वृद्धि गरि मूल्य समायोजन गरेको हो ।
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा झन्डै दोब्बरले वृद्धि गरेको छ । मंगलबार निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको इन्धनको मूल्यमा भारी वृद्धि गरि मूल्य समायोजन गरेको हो । निगमका अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ मूल्यसूची अनुसार एक हजार ७८५ डलर पुगेको छ ।
यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा अहिले एक हजार ७३२ डलर पुगेको छ । यस्तै भैरहवामा एक हजार ७१६ डलर पुर्याइएको निगमले जनाएको छ । त्यहाँ यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भएको थियो । पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आएपछि निगमले ति दुवै इन्धनको मूल्य भने समायोजन नगरी यसअघि कै मूल्यलाई यथावत राखेको छ ।