जबरजस्ती करणीको अभियोगमा कैलाली र संखुवासभाबाट दुई जना पक्राउ
कैलालीको जानकी गाउँपालिका–७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार बेलुकी पक्राउ गरिएको हो ।
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलाली र संखुवासभाबाट दुई जनालाई पक्राउ गरेको छ। कैलालीको जानकी गाउँपालिका–७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार बेलुकी पक्राउ गरिएको हो । पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, संखुवासभाको चैनपुर नगरपालिका–७ फलाटेका १९ वर्षीय निसान कार्कीलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।