हिमाल आरोहणका लागि ८२ जनाले लिए अनुमति, १ करोड ८४ लाख रोयल्टी संकलन
बसन्त ऋतुसँगै हिमाल आरोहण गतिविधि तीव्र बन्दै गएको छ । पर्यटन विभागका अनुसार १ मार्चदेखि २५ सम्म कुल १० समूहका ८२ आरोहीले विभिन्न हिमालका लागि आरोहण अनुमति (पर्मिट) लिएका छन् ।
काठमाडौं । बसन्त ऋतुसँगै हिमाल आरोहण गतिविधि तीव्र बन्दै गएको छ । पर्यटन विभागका अनुसार १ मार्चदेखि २५ सम्म कुल १० समूहका ८२ आरोहीले विभिन्न हिमालका लागि आरोहण अनुमति (पर्मिट) लिएका छन् । विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी आकर्षण अन्नपूर्ण प्रथममा देखिएको छ, जहाँ ३ समूहका २२ जनाले अनुमति लिएका छन् । त्यस्तै अमा दब्लममा २ समूहका २० आरोहीले पर्मिट प्राप्त गरेका छन् ।
सामान्यतया यो सिजनमा सबैभन्दा बढी चहलपहल हुने सगरमाथामा भने बुधबारसम्म कुनै पनि आरोहण अनुमति जारी भइसकेको छैन । विभागका अनुसार बुधबारसम्म जारी अनुमतिबाट १ करोड ८४ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भइसकेको छ ।