दोलखामा सम्पर्कविहीन हेलिकप्टर सुरक्षित फेला

हेलिकप्टर लाप्चा गुम्बामा सुरक्षित अवतरण गरेको भेटिएको छ । हेलिकप्टरमा हरेको पाँच यात्रु र एक क्यप्टेन रहेका र सबै सुरक्षित भएको पनि प्राधिरकणले जानकारी दिएको छ ।

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । हेलिकप्टर सुरक्षित अवतरण गरेको अवस्थामा भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार हेलिकप्टर लाप्चा गुम्बामा सुरक्षित अवतरण गरेको भेटिएको छ । हेलिकप्टरमा हरेको पाँच यात्रु र एक क्यप्टेन रहेका र सबै सुरक्षित भएको पनि प्राधिरकणले जानकारी दिएको छ । मुस्ताङको ९एनए एएनओ कसलाइनको एएस३५० बीथ्री हेलिकप्टर सुरक्षित भेटिएको हो ।