पैसा कमाउनु आँफैमा मेहनतको परिणाम हो, अत्यन्तै सजग भएर यसको प्रयोग गर्नुपर्छ
पैसा भनेको विषेशगरी भ्यालु स्टोर हो । यसको उपयोग एकदमै जान्नु पर्छ पहिलेको जमानामा ऋण तिर्न जानेन भने ऋण तिर्न सक्नु भएन भने तपाईलाई लगेर जिन्दगीभर नोकर (स्लेब) पनि बनाईन्थ्यो, जिन्दगीभर अरुको लागि काम गर्नु पर्थो किन भने तपाईको बाले, हजुर बाले राम्रोसँग ऋण लिन जानेका थिएनन् ।
काठमाडौं । भाईबहिनीहरुलाई म स्वागत गर्दछु ।
पैसा भन्ने के हो भन्ने कुरा तपाईहरुले सानै उमेरदेखि नै धेरै कुराहरु थाहा पाउनुपर्छ, हामीहरुले तराईमा पनि तपाईहरु जस्तै विद्यार्थीहरुलाई बोलाएर जाली नोटहरु कसरी पत्ता लगाउने भन्ने कुराहरु गरेका थियौँ ।
तर अब तपाईहरुले यो उमेरबाट पैसा कसरी कमाउने, कसरी बचत गर्ने, पैसा भनेको के हो, तपाईको परिवारहरुलाई कसरी खर्च गर्ने, यो भन्न सक्ने बेला आयो । तपाईहरुको आफ्नै जीवनमा पनि र आफ्नो परिवारहरुको जीवनमा पनि पैसाको महत्व धेरै हुन्छ, पैसा भनेको मुख्य रुपमा तपाईले आफ्नो भ्यालु स्टोर (value store) गर्ने विषय हो ।
तपाईले आज केहि काम गर्नु भयो, भोली कतै खर्च गर्नुपर्छ भने केमा राख्नु हुन्छ त्यो पैसाहरु त्यो भ्यालु, कसैको लागि तपाईले काम गर्दिनु भएको छ उसले तपाईलाई केहि दिन्छ, तर उसैसँग सामान किन्नु हुन्न, तपाईले अरुसँग गएर सामान किन्नु हुन्छ । तपाईलाई चाहिने दुध होला, चिनी होला, चियापत्ति होला, तपाईले काम गर्दै गयो भने त्यो बिजुलीको सेवा होला यो बीचमा कसरी एक्सचेन्ज (exchange) हुन्छ, एक्सचेन्ज कति समयसम्म हुन्छ भविष्यमा गएर, तपाईले आज काम गरेको चिज कति समयसम्म भविष्यमा गएर त्यसको सट्टा के पाउनु हुन्छ ?
यो सबै कुराहरु पैसाले निर्धारण गर्छ । पैसा भनेको विषेशगरी भ्यालु स्टोर हो । यसको उपयोग एकदमै जान्नु पर्छ पहिलेको जमानामा ऋण तिर्न जानेन भने ऋण तिर्न सक्नु भएन भने तपाईलाई लगेर जिन्दगीभर नोकर (स्लेब) पनि बनाईन्थ्यो, जिन्दगीभर अरुको लागि काम गर्नु पर्थो किन भने तपाईको बाले, हजुर बाले राम्रोसँग ऋण लिन जानेका थिएनन् । जिन्दगीभर तपाई, तपाईको सन्तान सधै अर्काको लागि कमारो हुनुपर्थ्यो । किनकी तपाईको बा अथवा हजुर बा कसैले पैसा लगेर जे गर्छु भनेका थिए गरेनन्, ऋण सदुपयोग गरेनन् त्यस्तो अवस्था थियो पहिला त्यसैले पैसाको सदुपयोग अहिले त्यो अवस्था नहोला तैपनि तपाईहरुले ऋण तिरेर ऋण लिएर तपाईको बाले, हजुर बाले अथवा तपाईले अरुको पैसा लिएर दुरुपयोग गर्नु भयो, भने त्यसको असर एकदमै ठूलो हुन्छ ।
त्यो बुझ्न जरुरत छ त्यहि भएर पैसा भनेको राम्रोसँग चलाउने चीज हो, पैसाको सदुयोग गर्ने चीज हो, तपाईहरुले मेहनतले कमाएको पैसा हो, तपाईको बुबा अथवा हजुर बुबाले मेहनतले कमाएको चीज हो यसलाई सदुपयोग गर्नु पर्छ भन्ने तपाईहरु सबैले सानै देखी सिक्नु पर्छ । पैसा कमाउनु भनेको पैसा आफैंमा तपाईहरुकै मेहनतको रिजल्ट हो त्यँहि भएर यसलाई निकै सजग भएर प्रयोग गर्नुपर्छ । यो कुरा तपाईहरु सबैले सिक्नु होला । त्यस बाहेक पैसासँग धेरै रिलेटेड कुराहरु छन् केलाई पैसा मान्ने भन्ने कुरा नी फेरिदै गएको छ । पहिला सुन मात्रै हुन्थ्यो होला चाँदी, तामाका हुन्थ्यो होलान् त्यसपछि हामीले नोटहरुलाई बनाउन थाल्यौँ । कुनै दिन सबै भर्चिअल माध्यमबाट पैसा आउला, तपाईहरुले बैंकमा के सेवा लिने भन्ने कुरा नी त्यहि रुपमा आउला, तपाई बैंकमा जान नपर्ने दिन पनि आउला, सबै इन्टरनेटबाट पनि गर्ने दिन आउला, त्यहि भएर पैसाहरु कसरी मुभ हुन्छ, पैसाहरु कसरी चलाउने, कसरी प्रयोग गर्ने सबै कुरा महत्त्वपूर्ण ज्ञान हो ।
तपाईहरुको जिन्दगीभरी जुन सुकै पेशामा जानुस् यो कुरा एकदमै चाँहिन्छ तपाई चाहे डाक्टर बन्नु, इन्जिनियर बन्नु, प्लम्बर बन्नु, इलेक्ट्रिसियन बन्नु, टिचर बन्नुस्, बैंकर बन्नुस् जुनसुकै प्रोफेसनमा जानुस तपाईले आफूले मेहनतले कमाको पैसा मैले कसरी खर्च गर्ने भन्ने कुरामा तपाई स्पष्ट सोचाई, स्पष्ट बुझाई हुन जरुरत छ त्यहि भएर हामीले यो ग्लोबल मनि विक सन् २०१२ बाट मनाउन थालेको हो ।
यो धेरै मुलुकहरुले मनाईरहेका छन्, हामीले पनि मनाएका छौं, यो हप्ता भरी नै विभिन्न स्कुलहरुमा जान्छौं मनाउछौं र तपाईहरुलाई पनि यो कार्यक्रममा यो हामीहरुले गरेको जुन एक्टीभिटिजहरुमा यसरी भाग लिएर इन्जोय गरेर तपाईहरुले इन्जोय गरेको जस्तो फिल गरेको छु इन्जोय गरेर तपाईहरु जुन रुपले आउनु भएको छ त्यसको लागि तपाईहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । तपाईहरुले यसबाट लर्न गरेको चीजहरु भविष्यमा सम्झनु होस भन्ने मेरो आशा छ,जय नेपाल ।
(राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले ग्लोवल मनी विकमा राखेको विचार)